बिहिबार, बैशाख २०, २०८१

काँग्रेस पदाधिकारी बैठक: मोर्चासंग वार्ताबाट सहमति खोज्ने निर्णय

काठमाडौ पौष २, नेपाली काँग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकले तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत अन्य Nepali_Congressराजनीतिक दलसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्ने निर्णय गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकले संविधान संशोधन विधेयकलाई प्रक्रियागत ढङ्गले अघि बढाउन सबै राजनीतिक दलसँग चरणबद्ध छलफल गर्दै थप तयारीका लागि आजै अपराह्न पार्टी संसदीय दलक�� बैठकमा समेत नितिगत छलफल गर्ने भएको छ ।

त्यस्तै, बैठकपछि संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्नेबारे पनि छलफल भएको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिदै संविधान संशोधन विधेयकमा आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याएर उसका मागलाई सम्बोधन गर्नेगरी अन्य दलसँग छलफल र संवादलाई तीव्रता दिइने जनकारी दिनु भएको छ ।