शुक्रबार, चैत्र १६, २०८०

संसद बैठक स्थगित गर्दै मोर्चासँग वार्ता गर्न प्रमुखदल सहमत

काठमाडौ पौष ३, नेपाली काँग्रेस, नेकपा एमाले , ए माओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले तत्काल मोर्चासँग छलफल गर्न आगामी पौष ८ गतेसम्मthree-party2  व्यवस्थापिका संसद्को बैठक स्थगित गरेर मधेसी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् ।

नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा९एमाले०का नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम-लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतका नेताहरु सहभागी बैठकले जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेताहरुले बताएका छन