मङ्लबार, बैशाख १८, २०८१

काँग्रेस सभापतिको उम्मेदवारीबाट पछि नहट्ने उपसभापति पौडेलको उद्घोष

काठमाडौं मार्ग २३ , नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाल प्रेस यूनियन पर्वत शाखाले आज बिहान कुश्माबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीको आसन्न १३ औ महाधिवेशनमा सभापतिको लागि आफुले उम्मेदवारी दिने सुनिश्चित भैसकेको बताउँदै अब आफ्नो निर्णयबाट download (1)1पछि नहट्ने उद्घोष गर्नु भएको छ ।  महाधिवेशनको मिति नगिचिदै गर्दा देश दौडाहामा निस्किनु भएका उपसभापति पौडेलले समयको माग र पार्टीको आवश्यकतालाई हेरेर आफुले उम्मेदवारी दिने निर्णय गरेको जनाउँदै अहिलेसम्म पार्टीलाई गरेको योगदानका कारण आफ्नो जीतसमेत निश्चित रहेको दाबीसमेत गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएकोछ ।

त्यस्तै उप सभापति पौडेलले वर्तमान समस्याको समाधान गर्न नेपाली काँग्रेसले नै अग्रसरता देखाएको बताउँदै समस्याको समाधानकै लागि काँग्रेस नेतृत्वको सरकार हुँदा संशोधन प्रस्ताव दर्ता गरेको त्यस अवसरमा जानकारी दिदै मधेसमा गएर संविधानका अन्तरवस्तुबारे जानकारी गराउन नसक्दा समस्या सिर्जना भएको बताउँनु भएको समाचारमा उल्लेख गरिएको छ । त्यस्तै उपसभापति पौडेलले एक फरक प्रसंगमा मधेसवादी दललाई दशगजा छाडेर वार्ताको टेबुलमा आउन र जारी समस्या समाधान गर्न आग्रह गर्नु भएको बताईएको छ ।