शुक्रबार, बैशाख १४, २०८१

सर्वसाधारणको ३ करोड ६२ लाख ३२ ठगी गर्ने बस्नेत पक्राउ

काठमाडौ मार्ग २३ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ठगी मुद्धामा फरार रहेका मकवानपुर दामन गाविस–७ घरभइ काठमाडौँ अनामनगर डेरा गरी बस्ने ३० बर्षीय मिन बहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतको २०७१ ज्येष्ठ २७ को फैसला अनुसार ३२ लाख ९३ हजार ८ सय २४ जरिवाना र ३ बर्ष कैद सजाय हुने ठहर भई फरार रहेका बस्नेतलाई पक्राउ गरी प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतको आदेश hatkadi-1बमोजिम कारागार कार्यालय डिल्लीबजारमा पठाइएको जनाएको छ ।

दामन गाविस–५ स्थित पालुङ बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको उपाध्यक्ष रहेका बस्नेत समेतले २०६२ साल देखि विभिन्न प्रलोभन देखाई १ हजार १ जना सर्वसाधारणबाट बचत भएको ३ करोड ६२ लाख ३२ हजार ६६ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। संचालकहरुले सहकारी ऐन, नियम बिपरीत नियमित लेखापरिक्षण समेतको कार्य नगरी सर्वसाधारण बचतकर्ताहरुले बचत गरेको रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको थियो । यसैवीच यस अघि सोही मुद्दाका प्रतिबादीहरु मध्ये तुलसी कुमारी बस्नेतलाई २०७२ अषाढ ७ गते अनामनगरबाट र हरि बस्नेतलाई २०७२ अषाढ ८ गते नयाँ नैकापबाट प्रहरीले पक्राउ गरेको थियो ।