शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ पाँच सय ५१ अधिकृतका लागि सरकारी जागिरको अवसर (सूची सहित)

काठमाडौं मार्ग २३ , लोकसेवा आयोगले  राजपत्र��किंत तृतीय श्रेणीका लागि विज्ञापन माग गरेको छ । आयोगले सार्वजनिक विज्ञापनमार्फत राजपत्रांकित तृतीय 201512091449638606-1श्रेणी शाखा अधिकृतको खुल्ला तथा समाबेसी गरि कुल ५५१ जनाको लागि संयुक्त र एकिकृत परिक्षा प्रणाली अन्तगत प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सार्वजनिक गरेको हो । राजपत्राकिंत तृतीय श्रेणीको परीक्षामा आवेदन गर्न स्नातक तह उत्तीर्ण भएको  हुनु पर्ने प्रकाशित सूचनामा  जनाएको छ ।

त्यस्तै आयोगले योग्यता पुगेका उम्मेदवारहरुलाई अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाउँदै प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरु मात्र द्धितीय चरणको परीक्षामा सम्मिलित हुन पाउने आयोगले जनाएको छ ।  आयोगले यस पटक खुलातर्फ ३१०, महिला ७९,आदिवासी जनजाती ६४, मधेसी ५५ दलित २२, अपाङ १५ र पिछडिएको क्षेत्रकोको ६ जनागरि ५५१ जना अधिकृत माग गरेको छ । यी मध्ये ८२ पदमा पुन विज्ञापन गरिएको जनाएको छ । त्यस्तै २०७२ साल पौष १४ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर पौष २१ गतेसम्म आवदेन बुझाउन सकिनेछ । आयोगले पहिलो चरणको लिखित परीक्षा माघ २३ गते तोकेको छ भने द्धितीय चरणको परीक्षा चैत्रको १६ गतेदेखि २२ गतेसम्म तोकेको छ ।

अनलाइनबाट आवेदन दिने तरिका यस्तो छ ।