शनिबार, बैशाख १५, २०८१

राजनीतिक तहमा भएको भ्रष्टाचारको छानबिन गर्न कुनै कसर बाँकी नराख्ने प्रमुख आयुक्त कार्कीको प्रतिवद्धता

  प्रसंग : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौ मार्ग २३, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्दारा आयोजित एक कार्यक्रममा बोल्दै Lok_Man_Singh_Karki04अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारको जालोलाई तोड्न ठूलो झट्का, जोड र अदम्य साहसको आवश्यक रहेको बताउनुभएको छ । मुलुकमा नेपाली जनताले अपेक्षा गरेअनुरुपको अनुसन्धानको कार्य अघि बढिसकेकाले त्यो नरोकिने यहाँ सम्मकी मेरो आफ्नै पद धरापमा परे पनि म त्यसको लागि तयार छु भन्दै उहाँले व्याप्त भ्रष्टाचार, सामाजिक भेदभाव र कुशासन अन्त्यको लागि लागि पर्ने बताउँनु भएको छ । त्यस्तै प्रमुख आयुक्त कार्कीले राजनीतिक तहमा भएको भ्रष्टाचारको कहिले छानबिनमा प्रवेश गर्न खोज्दा विरोध सुरु भएको भन्दै प्रस्तुत सवालमा जुनसुकै विरोध भएपनि आयोग चुप लागेर नबस्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सम्मान र विधिसम्मत ढङ्गबाट पछिल्लो समय केही व्यक्तिलाई अनुसन्धानको क्रममा बोलाइएको जानकारी दिँदै उहाँले तीमध्ये कसैलाई पनि छापामारेर अपमान गरेर अनुसन्धानको लागि ल्याइएको होइन भन्दै आयोगले आग्रह र पूर्वाग्रहका आधारमा होइन, विधि प्रक्रिया पूरा गरेर अनुसन्धान सुरु गर्ने बताउँनु भएको छ । त्यस्तै कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले सदाचारी भएर निष्पक्षताका साथ काम गर्ने हो भने कसैसँग नडराइ निर्भिकताका साथ कर्तव्यपालना गर्न सजग तुल्याउने बताउँदै नियमनकारी निकायको भूमिकालाई प्रभावकारी तुल्याउन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउन थप सहयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो ।