बिहिबार, बैशाख १३, २०८१

कुबेर मर्चेन्टका तत्कालीन प्रमुख कार्यकारी सुवेदी पक्राउ

काठमाडौ मार्ग २३, कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्वरका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाईरु ६८ लाख हिनामिना गरेको Captureआरोपमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको छ ।

कर्जाको धितो रहेको घरजग्गा बिक्री गर्दा ऋणीसँग मिलेमतो गरी सङ्घ संस्थालाई प्राप्त हुने रकम रकम सुवेदीले हिनामिना गरेको जनाउँदै नेपाल राष्ट्र बैंक, समस्याग्रस्त तथा रिजोलुसन महाशाखाको पत्र जाहेरीले बादी नेपाल सरकार भई प्रतिवादी सुवेदीसमेत भएको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।