मङ्लबार, बैशाख १८, २०८१

आज विश्व एड्स दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै

एचआइभी एड्स सङ्क्रमण देखिएका सबै सङ्क्रमितको घरदैलोमा पु-याउन हातेमालो गर्दै अघि बढ्नुपर्नेमा प्रधानमन्त्री  ओलीको जोड

नेपालमा  २५ हजार ४४९ पुरुष, १३ हजार ८०० महिलामा एचआइभीको सङ्क्रमणमा  रहेको  तथ्याङ्क 

काठमाडौं मार्ग १५, आज विश्व एड्स दिवस, प्रत्येक वर्ष डिसेम्बर १ तारिखका दिन विश्वभर मनाइने एड्स दिवस नेपालमा पनि मनाउने गरिएको छ । यस वर्ष एड्सविरुद्धको विश्व दिवस अभियानअन्तर्गत ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने नाराका साथ  विभिन्न कार्यक्रमको  आयोजना गरि मनाईदैछ ।
नेपालमा ८५ प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्पर्कका माध्यमबाट हुनेगरेको जनाउँदै ३९ हजार २१४ मानिस एचआइभीको सङ्क्रमणमा रहेको images (2)अनुमान छ, जसमा २५ हजार ४४९ पुरुष, १३ हजार ८०० महिला रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्कमा उल्लेख  रहेको  छ ।

यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी परीक्षण सेवा जोखिममा परेका समुदायको पहुँचमा पु-याई सबै सङ्क्रमितलाई उपचारको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । विश्व एड्स दिवसको अवसरमा आज उहाँले जारी गर्नु भएको सन्देशमा औषधि उपचार सेवा एन्टिरेट्रोभाइरल (एआरभी)लाई विस्तार गर्दै सङ्क्रमण देखिएका सबै सङ्क्रमितको घरदैलोमा पु-याउन हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले पनि आफ्नो सन्देशमा नेपालले हालै प्रकाशित गरेको राष्ट्रिय स्वास्थ्य नीति २०७१ ले पनि एचआइभीलाई प्रमुख चुनौतीका रुपमा राखेको उल्लेख गर्दै यो कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ ।