शुक्रबार, बैशाख १४, २०८१

अव सवारी चालक अनुमतीपत्र लाइसेन्सको बदलामा स्मार्ट कार्ड

अनुमतीपत्र वितरणमा हुँने अनियमितता, चोरी र नक्कली बनाउँने प्रवृति रोक्न स्मार्ट कार्ड वितरण गरिदै 

काठमाडौँ मार्ग१४ ,यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती लगायतका यावत विकृति निवारणको लागि भन्दै सरकारले कागजी सवारी चालक अनुमतीपत्र लाइसेन्सलाई विस्थापित गर्दै स्मार्ट कार्ड अर्थात (विद्युतीय) लाइसेन्स वितरणको औपचारिक थालनी गरेको छ। उपप्रधानमन्त्री एवम् भौतिक स्मार्ट कार्ड पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारको प्रमुख आतिथ्यतामा विभागले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै स्मार्ट कार्डको शुभारम्भ गरेको हो ।

कार्यक्रममा दिईएको जानकारी अनुसार एसियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष निगरानीमा सञ्चालित सूचना तथा सञ्चार प्रविधि विकास आयोजनाको सहकार्यमा विभागले सुरु गरेको स्मार्ट कार्ड सर्वसाधारणका लागि मार्ग २० गतेबाट हुने वितरण गरिने भएको छ। मद्रास सेक्युरिटी सर्भिससँग सम्झौता भई काम सुरु गरिएको विभागले जनाएको छ ।

त्यस्तै कार्यक्रमका सहभागी वक्ताहरुले स्मार्ट कार्डको सुभारम्भसंगै अव चालक अनुमतिपत्रको चोरी र नक्कली बनाउने काम पनि अन्त्य हुँनुको अलावा स्मार्ट कार्डको कार्यान्वयनपछि यातायात क्षेत्रबाट राजस्व सङ्कलन पनि बढ्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव श्रीधर सापकोटा, प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ,  एसियाली विकास बैंकका नेपाल प्रतिनिधि क्यानिची ओकामाले  विभागका प्रवक्ता वसन्त अधिकारी विभागका निर्देशक अर्जुनकुमार थापा लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।