शुक्रबार, बैशाख ७, २०८१

गरीवी न्युनीकरणका लागि समावेशिता र शुसासन आवश्यक: प्रमुख कार्यकारी अधिकृत तामाङग

काठमाडौं मार्ग १४, राजधानी सहर बाहिरबाट हेर्दा जस्तो देखिन्छ भित्र त्यस्तो नभएको महानगरका प्रमुख तथा कार्यकरी अधिकृत रुद्रसिंह तामाङ्गले बताउनु 12042003_1107722305924331_183380018_nभएको छ । लैङ्गिक समानता र सामाजिक समावेशिताका बिषयमा चर्चा गर्दै उहाँले  सहरी गरीवी न्युनीकरणका लागि समावेशिता र शुसासन बिषयक कार्यशालामा यस्तो धारणा राख्नु भएको हो ।  कार्यशालामा महानगरको सहरी गरीवी र समावेसीता कार्यक्रमका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक बिकास विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले सामाजिक सोच र विद्यमान कानुनमा बाँडिएका क्षेत्रगत अधिकार सफलताका चुनौती रहेको बताउनु भयो ।

महानगरका वडा प्रशासकिय प्रमुख तथा गैह्र सरकारी संस्थाहरुका प्रतिनिधिहरुवीच सम्पन्न कार्यशालामा सहरी गरीवी, समावेशिता र लैङ्गिक समानताका सैद्धान्तिक एवं व्यवहारिक पक्षमा चर्चा गरिएको थियो । कार्यशालाबाट प्राप्त निष्कर्षलाई महानगरको बार्षिक बजेट नीति तथा कार्यक्रममा समावेश गर्ने गरि सिफरिस गरिने बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031