मङ्लबार, बैशाख २५, २०८१

एमाओवादी अध्यक्ष प्रचन्द्र, प्रम ओली र काँग्रेस सभापति कोइरालावीच छुट्टाछुट्टै भेटवार्ता,

आन्दोलनरत मधेसवादी दल सम्मिलित त्रिपक्षीय बैठक तत्काल बस्ने नितिगत सहमति 

काठमाडौ मार्ग १२,  मुलुकमा जारी मधेस आन्दोलन एवम् सिमानाकामा भारतको तर्फबाट यो वा त्यो बहानामा जारी नाकाबन्दीको तत्काल सम्बोधन गर्दै मुलुकलाइ निकास दिनु पर्ने भन्दै आज एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेसका सभापति सुशील Koirala-Oli-Prachanda-2कोइरालालाई आज छुट्टाछुट्टै भेटी विशेष छलफल गर्नु भएको छ ।

एमाओवादी अध्यक्ष प्रचन्द्र प्रम ओलीवीच साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल र त्यसअघि काँग्रेस सभापति सुशील कोइरालासंग महाराजगन्जस्थित कोइराला निवासम��� भएको छलफलको क्रममा उहाँहरुवीच अव बस्ने संसद बैठक अगावै जारी समस्या समाधान गर्नुपर्ने सवालमा घनिभूत छलफल सहित साझा धारणा बनाउँनु पर्ने प्रसंगमा केन्द्रीत रहेको बुझिएको छ । त्यस्तै छलफलको क्रममा उहाँहरुवीच जारी समस्याको चुरो पहिल्याउँन आन्दोलनरत मधेसवादी दल सम्मिलित त्रिपक्षीय बैठक तत्काल बस्ने नितिगत सहमति समेत बनेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031