शनिबार, बैशाख ८, २०८१

सभापति कोइराला र अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौ मार्ग ११, काँग्रेस सभापति सुशील कोइराला उपचार पछि विहिवार नेपाल फर्के लगत्तै मुलुकमा जारी अन्यौलतालाइ सम्बोधन गर्ने प्रयास थाल्नु भएको Mahanta-Thakurछ । यसैक्रममा आज उहाँले मधेसमा आन्दोलन गर्दै आइरहेका तमलोका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरसंग तमलोपाका नेता हृदयेश त्रिपाठी समेतको उपस्थितीमा भेटवार्ता  गर्नु भएको  छ ।

भेटवार्ताको क्रममा  उहाँहरुवीच   आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामार्फत समाधान निकाल्न आग्रह गर्दै गर्दा अध्यक्ष ठाकुरले मधेसमा आन्दोलन भएको १०० दिन बित्दासमेत मागको सुनुवाइ नभएको भन्दै समस्या समाधान लागि गम्भीर हुन सभापति कोइरालालाई आग्रह गर्नुभएको थियो ।  त्यस्तै  भेटवार्तामा कोइरालाले मधेसवादी पार्टीले राखेका जायज माग पूरा गर्न पार्टीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको प्राप्त  समाचारमा उल्लेख गरिएको छ।