शुक्रबार, बैशाख २१, २०८१

प्रमुख दल र मधेसी मोर्चाबीच आज निर्णयक उच्चस्तरीय वार्ता हुँदै

संसद्मा दर्ता भएको विधान संशोधन प्रस्ताव पारित गर्ने र मधेसमा दुई प्रदेश बनाउन गठबन्धन सरकार पनि सहमत

काठमाडौं मार्ग २,गठबन्धन सरकारका घटकहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले गत Untitled-11सोमवार र मङगलवार जारी मधेस आन्दोलनको सवालमा गरेको अनौपचारिक छलफको क्रममा प्राप्त निष्कर्षको आधारमा आज मधेसी मोर्चासंग निर्णयक वार्ता गर्दै छ । यसअघि भएको वार्तामा मधेसकेन्द्रित दलका नेताहरूले सीमांकनसहितको प्याकेजमा सहमति खोज्ने गरी वार्ता गर्नुपर्ने अडानराखेपछि प्रस्तावित सवालमा नितिगत निर्णय गर्न आजको वार्ता हुन् लागेको हो ।

त्यस्तै संसद्मा दर्ता भएको विधान संशोधन प्रस्ताव पारित गर्ने र मधेसमा दुई प्रदेश बनाउन गठबन्धन सरकार पनि सहमत हुँदै । विवादित जिल्लालाई पछि टुङ्गो लगाउने गरि सीमांकनसहितको प्याकेजमा सहमति खोज्ने र आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न, उनीहरूका आफन्तलाई राहत उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, आन्दोलनका क्रममा पक्राउ गरिएहरुलाइ रिहा गर्ने प्रक्रिया अगाडि बढाइ सकिएको आजको वार्ता सकारात्मक हुँने अपेक्षा गरिएको छ ।