शुक्रबार, बैशाख १४, २०८१

बुधवार मधेसीदलसंग सार्थक वार्ता हुँने

काठमाडौ मार्ग १,  गठबन्धन  सरकारका घटकहरुसम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल Untitled-1प्रचण्डले प्रमुख राजनीतिक दल र आन्दोलनरत मधेसवादी दलसँग गरेको अनौपचारिक वार्ता पटछ प्राप्त निष्कर्षको आधारमा मधेसमा आन्दोलनरत मधेसमोर्चासँग बुधबार निर्णायक वार्ता गर्ने तयारी गरेको बुझिएको छ ।

मधेसीदलको तर्फबाट सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरु सहमतिको लागि तयार भएको सन्देश मधेसवादी दलका तर्फबाट आएपछि संयोजक दाहालले प्रस्तुत मागका सवालमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित अन्यराजनैतिक दलसंग आज अनौपचारिक परामर्श गर्दै सुझाव ग्रहण गर्नुभएको थियो । सुझाव ग्रहणको क्रममा विद्यमान समस्या समाधानको लागि सवैदल सहमत देखिएको भन्दै प्रचण्ड निकट सूत्रले मधेसी मोर्चा संगको बुधवार हुँने वार्ता सफ हुँने विस्वास संयोजक प्रचण्डले लिनु भएको जानकारी दिएका छन ।