मङ्लबार, बैशाख १८, २०८१

जातजातिको पर्व नै नेपालीको समुच्च साँस्कृतिक पहिचान : प्रम ओली

काठमाडौ मार्ग १, प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा समस्त देशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले सबैमा भाइचारा, एकता र आत्मीयताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।  प्रम ओलीले आफ्नो शुभकामना सन्देशमा हरेक जात, धर्म, anup_20151112_28वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनेर प्रगतिको बाटामा अगाडि बढाउन छठ पर्वबाट प्रेरणा मिलोस् भन्ने कामना गर्दै धार्मिक सहिष्णुता, सामाजिक एकता र परस्परमा दिगो सम्बन्ध नेपालको परम्परादेखिको मौलिक संस्कृति हो, नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय जनताको साझा थलो हो, विभिन्न जातजाति र समुदायले मनाउने पर्वका आआफ्ना मौलिक विशेषता छ र सबै पर्व हाम्रा अमूल्य सांस्कृतिक पहिचान र गहना हुन्, विभिन्न समुदाय र जातजातिको पर्व नै नेपालीको समुच्च साँस्कृतिक पहिचान हो भएको बताउँनु भएको छ ।

त्यस्तै नदी किनारमा बसेर सूर्याेपासना गर्ने, शरीर शुद्ध गर्ने, नयाँ अन्नद्वारा बनाइएका चोखो र मीठो परिकार खाने संस्कृतिका रुपमा मुख्य रुपमा तराई–मधेसमा मनाइने छठ पर्व पहाडमा पनि विस्तार भएको तथा एउटा समुदायले मनाउने परम्परालाई अर्काे समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो साँस्कृतिक विकासले विभिन्न जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र भाइचारामा वृद्धि गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख रहेको छ ।