शुक्रबार, बैशाख १४, २०८१

समृद्ध राष्ट्र निर्माणको मार्गमा बढ्न प्रेरणा मिलोस्:राष्ट्रपति भण्डारी

काठमाडौ मार्ग १, छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै संविधानको प्रभावकारी कार्यान्वयनका साथ समृद्ध राष्ट्र निर्माणको मार्गमा हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा देओस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले पर्वको अवसरमा दिनु भएको सन्देशमा चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने तथा खुसी एवम् मनोरञ्जन साटासाट गर्ने अवसर जुटाई राष्ट्रिय एकता र समाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पु¥याउने पनि उल्लेख गर्नुभएको छ ।