मङ्लबार, बैशाख १८, २०८१

भारतले नेपाल माथि जारी राखेको नाकाबन्दी प्रति राष्ट्र सङ्घको चासो

काठमाडौ कात्तिक २५, संयुक्त राष्ट्र सङ्घका महासचिव वान की मुनले भूपरिष्वेष्टित मुुलुकका हैसियतले मात्र नभै मानवीय कारणले पनि नेपालले निर्वाध पारवहन 100सुविधा पाउनुपर्ने बताउनुभएको छ । बुधवार नेपालको अवस्थाको बारेमा चासो व्यक्त गर्दै महासचिव वानले नेपाल–भारत सिमानामा अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज अवस्थाप्रति ढिलो नगरी अवरोध हटाउन सबै पक्षलाई आग्रह गर्नुभएको उहाँका प्रवक्ता स्टेफेन डिजोरिले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रवक्ता स्टेफेनले इन्धन आपूर्तिमा देखिएको कमीले नेपालका भूकम्प प्रभावित गाउँमा आवश्यक सामानको आपूर्तिमा अवरोध पुगेको जनाउनुभएको छ ।