शुक्रबार, चैत्र १६, २०८०

म्यानमारमा सूची नेत्रीत्वको ‘एनएलडी पार्टीलाइ भारी बहुमत, काँग्रेस सभापति कोइरालाद्दारा बधाइ

६६४ सीट रहेको संसदमा एक चौथाई सीट भने सेनाको लागि आरक्षित

काठमाडौं कात्तिक २७, नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले म्यानमारको गत आइतवार भएको आमनिर्वाचनबाट नेसनल लिग फर डेमोक्रेसीले भारी suu-kyi_693139180बहुमतले विजय हासिल गरेकामा पार्टी नेत्री आङ सान सुकीलाई बधाई सन्देश पठाउनुभएको छ । सन्देशमा काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री कोइरालाले बिपी कोइरालाको जन्मशताब्दीका अवसरमा नेत्री सुकीले नेपालमा गरेको भ्रमणको स्मरणका साथ उहाँको प्रजातन्त्र र मानवताप्रतिको अटल विश्वासमा आफूहरु पनि सहभागी भएको बताउँदै उहाँको नेतृत्वलाई भारी जनादेश प्राप्त हुनुले प्रजातन्त्रप्रतिको साझा प्रतिबद्धता थप प्रस्फुरिट भएको बताउँनु भएको छ ।

यसैवीच आमनिर्वाचनबाट नेसनल लिग फर डेमोक्रेसीले भारी बहुमतले विजयभएपछि लामो समयदेखि शासनसत्ता सन्चालन गर्दै आएका सेना प्रमुख ह्याङले निर्वाचनपछिको समयमा नयाँ सरकारसँग सेनाले राम्रो सहकार्य गर्ने बताएका छन् । स्मरण रहोस म्यानमारको ६६४ सीट रहेको संसदमा एक चौथाई सीट भने सेनाको लागि आरक्षित रहेकोछ ।  यसअघि, सन् १९९० मा गरिएको निर्वाचनमा पनि सूचीको पार्टीलेहुमत ल्याउँदा ल्याउँदै पनि उनलाई सत्ता हस्तान्तरण नगरी म्यानमारमा सैनिकले सत्ता हत्याएको थियो ।  तर अहिले त्यहाँका जनताको निर्णय र छनोटलाई सम्मान गर्ने र निर्धारित समयमै सत्ता हस्तान्तरण गर्ने बताउँदै राष्ट्रपति सेनले आमनिर्वाचनमा जित हासिल गरेको भन्दै सूचीलाई बधाइ दिएका थिए ।