मङ्लबार, बैशाख १८, २०८१

आज यम पञ्चकको चौथो दिन गोरु र गोवद्र्धन पूजा गरी मनाइदै

काठमाडौ कात्तिक २६, आज यमपञ्चकको चौथो दिन अर्थात गोवद्र्धन पर्वत र गोरुको पूजाआजा गरी मनाइँदैछ । त्यस्तै आज आँगनमा लिपपोत गरी गाईको goruगोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन रहेको छ ।