बुधबार, बैशाख १२, २०८१

यस्तो छ काँग्रेस सभापति कोइरालाद्वारा व्यक्त शुभकामना

काठमाडौ कात्तिक २५, नेपालीमा मात्रको दोस्रो महान पर्व तिहार एवम् नेपाल संवत्, छठको अवसरमा शुभकामना सन्देश दिदै नेपाली काँग्रेसका सभापति एवम् download (5)पूर्व प्रधानमन्त्री सुशील कोइरालाले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
त्यस्तै सन्देशमा सभापति कोइरालाले नेपाल बहुसङ्ख्यक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, मौलिक भेषभूषा भएको मुलुक भएकाले चाडबाडले बन्धुत्व भावसँगै विविधताको बीच एकता कायम हुने उल्लेख गर्दै दीपावलीले नयाँ उमङ्ग सिर्जना गरी दिदीबहिनी र दाजुभाइबीचमा मधुर सम्बन्ध विकास गर्ने कामना गर्नुभएको छ ।
साथै उहाँले आफ्नो शुभकामना विज्ञप्तिमा तराई मधेसमा भएको आन्दोलन र मित्रराष्ट्र भारतबाट भएको नियन्त्रित आपूर्तिले अभावका बीच चाड मनाउनुपरेको दुःखद् क्षणमा मुस्कुराउँदै आपसी सद्भाव र भ्रातृत्व कायम राख्न सक्ने धैर्यता अपनाउन नेपाली जनतालाई आग्रह गर्दै कुनै पनि समस्याको समाधान आपसी संवाद, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट गर्न मुलुकलाई निकास दिनुपर्नेमा विशेष जोड दिनु भएको छ ।