मङ्लबार, बैशाख १८, २०८१

आज देशभर नेपाल संवत् ११३६, नयाँ वर्ष मनाइदै

काठमाडौ कात्तिक २६, आजबाट राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी सुरु गर्नु भएको नेपाल संवत्का ११३६औ शङ्खधर-साख्वासस्करण विविध कार्यक्रम गरी मनाइँदैछ । त्यसो त आजको दिनलाइ नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । यो दिन काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइन्छ । नेपाल संवतको रुपमा प्रचलित आजको दिनको प्रणेता शङ्खधर साख्वालाइ २०५५ सालमा सरकारले राष्ट्रिय विभूति घोषणा गरेको हो ।

त्यस्तै आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वासका साथ यो पूजा गरिने विज्ञहरुले बताएका छन