शनिबार, बैशाख ८, २०८१

उपराष्ट्रपति नन्दबहादुर पुनद्दारा काठमाडौ भ्यू टावरको शिलान्याश

७ अर्वकोलागतमा महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लिको सार्वजनीक निजी साझेदारी अवधारणा अन्तर्गत राजधानीमा काठमाडौ भ्यू टावर निर्माण गरिदै
तीस वर्षपछि निर्माण कम्पनीले प्रयोग गरी महानगरपालिकालाई सुम्पने सम्झौता

12 11 13काठमाडौ कात्तिक २६,

महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लिको सार्वजनीक निजी साझेदारी अवधारणा अन्तर्गत राजधानीको पुरानो बसपार्कमा निमांण हुने २९ तलेको भवन अर्थात ‘काठमाडौँ भ्यू टावर’ बुधवार उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्याश गर्नुभएको छ । शिलान्यासपछि आयोजित औपचारिक कार्यक्रमलाइ सम्बोधन गर्दै उपराष्ट्रपति पुनले काठमाडौंको समृद्धिकालागि निजी क्षेत्रको लगानी आकर्षित हुने कामलाई प्राथमिकतामा दिनु आफैमा राम्रो पक्ष भएको बताउँदै काठमाडौं भ्यु टावर निर्माणलाई महानगरपालिकाले राष्ट्रिय गौरवको आयोजना हुनुको अलावा मुलकको ईज्जत र प्रतिष्ठासित जोडिएको यो भवन तोकिएको समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने गरी निर्माण हुन लागेको भवन आन्तरिक र बाह्य पर्यटनको समेत केन्द्र बन्ने विस्वास व्यक्त गर्दै उपराष्ट्रपति पुनले बढ्दो जनसङ्ख्याको चापलाई व्यवस्थित गर्ने गरी आवास, व्यापारिक वा अन्य प्रयोजनका लागि भवन निर्माण गर्नु चुनौतिपूर्ण हुँदै गएको छ, यसको विकल्प भनेको बहुउद्देश्यीय भवन निर्माण गर्नु भएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै गरि शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै स्थानीय विकास तथा सङ्घिय मामिला राज्यमन्त्री कुन्ती शाहीले सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत बन्न लागको भवन साझेदारीको नमूना बन्ने गरी निर्माण सम्पन्न हुने आशा व्यक्त गर्दै भवन निर्माणको क्रममा तोकिएका सबै मापदण्ड पुरा गर्न निर्माणकर्तालाई आग्रह गर्नुभएको थियो । २३ रोपनी ५ आना ३ पैसा १ दाम जमिनमा निर्माण हुने टावर २९ तलाको बनाउने लक्ष्य राखिएको छ । हाललाई १२ तला निर्माण गरिनेछ । ३६ महिनाभित्र निर्माण सम्पन्न गरि सक्ने लक्ष्य राखिएको टावरका भूमिगत ३ तला हाल सञ्चालन भइरहेको पुरानो बसपार्कबाट सञ्चालन हुने सवारी साधन र अन्य साना सवारी साधन 14 15पार्किङ्कालागि छुट्-याइनेछ भने बाँकी तलामा व्यबसायिक कारोवार गरिने छ ।

नाफामुलकभन्दा सेवामुलक कार्यकालागि निर्माण गरिने बहुउद्देश्यीय टावरमा मनोरञ्जन हल, बैक तथा वित्तिय कारोकार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेष्टुरेन्ट तथा पुस्तकालय हुनेछन् । भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण गरिने टावरमा १८ इन्च डाय भएको २५ मिटर गहिरो ७०० पिस पाइडायलिङ्ग राखिनेछ भने १० फिट उचाइ भएको ५२ हजार स्वायर फिट क्षेत्रफलमा १० फिट अग्लो एउटै ढलान गरिने बताइएको छ ।

  यस अवधिमा जग्गाको भाडावापत् निर्माण पक्षले महानगरलाई बार्षिक ७० लाख रुपैयाँ र टावर सञ्चालनवापत् बार्षिक १ करोड ७५ लाख रुपैयाँ राजस्व तिर्नेछ । जग्गाको भाडा सञ्चालन अवधिभर एउटै रहने छ भने, टावरको राजस्व प्रत्येक बर्ष साढे ३ प्रतिशतका दरले वृद्धि गरिने सहमति कायम भएको बताइएको छ ।

त्यस्तै काठमाडौं भ्यु टावर निर्माणलाई महानगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरेको बताउँदै काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भूकम्पपछि मुलुकमा निर्माण हुन लागेको सबैभन्दा ठुलो परियोजना भएकोले यसको सफलताले अन्य क्षेत्रमा समेत सार्वजनिक निजी क्षेत्रको सहकार्यका लागि बाटो खुल्ने बताउनुभएको थियो ।

त्यस्तै जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रा. लि. का सञ्चालक अध्यक्ष मनोज भेटवालले भवन अन्तरराष्ट्रिय गुणस्तरको बनाइने बताउनु भयो । उहाँका अनुसार ७ अर्व लागत अनुमान गरिएको टावर सञ्चालन गर्दा ५ हजार ५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन् । टावर निर्माणपछि महानगरको भौतिक समृद्धि बृद्धि हुने, पर्यटनलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने, उच्च स्तरीय सामान एकैस्थानमा प्राप्त गर्न सकिने बताउँदै तीस वर्षपछि निर्माण कम्पनीले प्रयोग गरी महानगरपालिकालाई सुम्पने सम्झौता रहेको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल लगायतका नेताहरुले सफलतको लागि पठाउँनु भएको शुभकामना सन्देश समेत वाचन गरिएको थियो । फोटो: चन्द्रमणि अधिकारी