मङ्लबार, बैशाख १८, २०८१

इन्धन अभावको  समस्या समाधानको लागि कूटनीतिक पहल जारी :मन्त्री पाण्डे

काठमाडौ कात्तिक २,  मुलुकमा भारतीय पक्षको अघोषित नाकाबन्दी र मधेस केन्द्रीत दलहरुको तर्फबाट जारी आन्दोलनका कारण राजधानी लगायत  मोफसलका जिल्लामा समेत इन्धन र खाना पकाउँने ग्याँसको चरम अभाव भइ नेपाली जनजीवन पूर्णत प्रभावित भइरहेको अवस्थामा उपभोक्ताको हकहितकासंग सरोकार राख्दै क्रियाशील संस्था कन्जुमर आई नेपालले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममलाइ सम्बोधन गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले वर्तमान असहज परिस्थितिको चाँडो समाधान गर्न सरकारले पहल गरिरहेको बताउनुभएको छ । त्यस्तै मन्त्री पाण्डेले जनताले अहिले  इन्धन अभावको जुन मार खेपिरहेका छन त्यसको समाधानका लागि सरकार गम्भीर रहेको भन्दै सरकारले अहिले कूटनीतिक पहलबाट जारी समस्या समाधानको मार्ग अख्तियार गरेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा उपराष्ट्रपति कार्यालयका सचिव जीवनप्रभा लामा, यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ, कन्जुमर आई नेपालका अध्यक्ष विमला खनाल र पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले उपभोक्ताको हितका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिदै चाडबाडको समयमा नाकाबन्दीका कारण उपभोक्ता मारमा परेकाले चाँडो भन्दा चाँडो समस्याको समाधान गर्न सरकारले तत्परता देखाउँनु पर्नेमा जोड दिनुभएको थियो ।