बिहिबार, बैशाख ६, २०८१

आपूर्ति व्यवस्था सहज गरिने मन्त्री पुनको प्रतिवद्धता

काठमाडौ कात्तिक २ ,नव नियुक्त वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले मुलुकमा विद्यमान इन्धन लगायतका अन्य उपभोग्यवस्तुको आपूर्तिको असहज
mantir punअवस्थालाई सरकारले कूटनीतिक प्रयासबाट समाधान गर्ने बताउँदै यसको लागि उपलब्ध सबै किसिमका उपाय अवलम्बन गरिने बताउँनु भएको छ ।

राजधानीमा रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक इन्धनको अभावले जनताको दैनिक जीवनमा ठूलो समस्या आएकाले समाधानमा आफू सक्रिय भई लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।