सोमवार, बैशाख २४, २०८१

आन्दोलनरत मधेसी दलसंग कुनै ठोस माग छैन :काँग्रेस उपसभापति पौडेल

काठमाडौ भाद्र २६, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ता गर्न आन्दोलनरत मधेसी दलसँग ठोस कुनै पनि माग नभएको बताउनुभएको छ । imagesकाठमाडौँ काँग्रेस क्षेत्र नं ३ तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको संयुक्त आयोजना भएको कार्यक्रममा नेता पौडेलले मधेसी दलको ठोस माग नभएका कारण वार्तामा बस्ने क्रमले तिव्रता पाउँन नसकेको बताउँनु भएको छ । त्यस्तै उहाँले संविधान लेखनको कार्य अन्तिम चरणमा प्रवेश गरेको अवगत गराउँदै अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशीतासहितको उत्कृष्ट संविधान बन्ने दाबी गर्दै संविधानले महिला, मधेशी, दलित, आदीवासी, पिछडिएका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने जनाउँ दिनु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत दलको मागअनुसार प्रक्रिया रोकेर वार्तामा आह्वान गरीएकाले तत्काल वार्तामा आउन आग्रह गर्दै अधिकतम सहमति गरेर संविधान जारी होस् भन्ने प्रयत्न गरिरहेकाले वार्तामा आउन कुनैपनि आनकानी नगर्नु आग्रह गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले नेता पौडेल, सिंह, सभासद् डा प्रकाशशरण महत, बालकृष्ण खाँड, शङ्कर भण्डारी, दीपक गिरी, धनराज गुरुङ र दीपक कुइँकेललाई संविधानको अन्तिम हस्ताक्षरका लागि कलम प्रदान गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031