मङ्लबार, बैशाख १८, २०८१

फोहोर सामग्री हटाउन महानगरपालिकालाई सर्वोच्चको आदेश

काठमाडौ भाद्र १६, वातावरणीय विकास तथा संरक्षण कानूनी मञ्चका अध्यक्ष एवम् अधिवक्ता पदमबहादुर श्रेष्ठले संङघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय, शहरी विकास मन्त्रालय, विज्ञान तथा वातावरण मन्त्रालय,काठमाडौ महानगरपालिका ,फोहरमैला व्यवस्थापन केन्द्र र जिप्रका Untitled-1काठमाडौं समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा राजधानीको विभिन्न ठाउँमा रहेका सूचनापाटी, भित्ते लेखन, विज्ञापन सामग्रीलगायत त्यस्ता सामग्रीबाट काठमाडौँ फोहर भएको जिकिर गर्दै दायर गर्नु भएको रिटको सुनवाइ गर्दै विभिन्न ठाउँमा रहेका सूचनापाटी, भित्ते लेखन, विज्ञापन सामग्रीलगायत फोहर बनाउने सामग्री हटाउन आज काठमाडौँ महानगरपालिकालगायतलाई आदेश दिएको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले काठमाडौँलाई सुन्दर बनाउन त्यस्ता सामग्री हटाउन तत्काल काठमाडौ महानगरपालिका तथा सरोकारवाला निकायको नाममा राजधानीको विभिन्न ठाउँमा रहेका सूचनापाटी, भित्ते लेखन, विज्ञापन सामग्रीलगायत फोहर बनाउने सामग्री हटाउन आज काठमाडौँ महानगरपालिकालगायतलाई आदेश दिएको हो ।