शुक्रबार, बैशाख १४, २०८१

मङ्सिर ८ गतेपछि हस्तलिखित राहदानी अमान्य हुने

काठमाडौ भाद्र १७, राहदानी विभागले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमानुसार आगामी मङ्सिर ८ गतेपछि हस्तलिखित राहदानी  अमान्य हुने जनाउँदै जति सक्दो चाँडो राहदानी (मसिन रिडेबल पासपोर्ट, एमआरपी) बनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

विभागद्दारा जारी सूचनामा उल्लेख भएअनुसार हस्तलिखित राहदानीमा विदेशमा रहेका आफन्तजनलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासमा सम्पर्क गरी एमआरपी बनाउने सूचना प्रवाह गर्न अनुरोध गर्दै निर्धारित मिति अगाडिनै एमआरपी एमआरपी बनाउन विभागले अनुरोध गरेको हो ।