शुक्रबार, चैत्र १६, २०८०

अनसनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रदै

अनशन स्थगन गर्न सरकारको आग्रह

काठमाडौ भाद्र १६ ,माथेमा प्रतिवेदन कार्यान्वयन, विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा अन्त्य, प्रतिवेदनले दोषी ठह-याएका govinda-kcआइओएम’का पदाधिकारीलाई क��रबाही, जानकी मेडिकल कलेजमा चाँडो पठनपाठनको व्यवस्था, वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति, फर्जी र नक्कली बिरामी देखाएर पैसा असुल्ने चिकित्सा कलेजलाई कारबाहीलगायत ८ सूत्रीय माग राखी अनशन बस्नुभएको त्रिवि शिक्षण अस्पताल प्रा डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको उहाँको उपचारमा संलग्न डा दिया सिंहले जानकारी दिनु भएको छ ।

डा सिंहका अनुसार डा केसीको रक्तचाप, मुटुमा खराबी, श्वासप्रश्वासमा समस्या देखिन थालेपछि प्रा डा प्रदीपकृष्ण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जानकारी दिनु भएको छ ।

यसैवीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गरी “चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२” कार्यान्वयन गर्न सम्बन्धित निकायमा पठाइसकिएको जिकिर गर्दै सरकारले अनशनरत डा गोविन्द केसीलाई माथेमा कार्यदलका सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट गर्दै अनशन त्यागेर काममा फर्कन आग्रह गरेको छ ।