मङ्लबार, बैशाख १८, २०८१

परिमार्जित विधेयक, २०७२ माथि आजपनि छलफल जारी रहने

काठमाडौ भाद्र १२, संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि संविधानसभामा जारी छलफल आज पनि जारी रहने भएको छ । संविधानसभा सचिवालयका अनुसार परिमार्जित विधेयकमा अझै १ सय २७ जना सभासदले अधारणा राख्न बाँकी रहेकाले आइतवार मात्र छलफलको क्रम Sambidhanसकिने जनाएको छ ।  आइतवारसम्म सभासदहरुले भनाई राखेपछि संसोधन प्रस्तावको समय दिइनेछ ।त्यस्तै आइतवार छलफल सकिएलगत्रै संसोधन प्रस्ताव हाल्ने समय निर्धारण गरिएको जनाएको छ ।

शुक्रवार भएको छलफलमा बोल्ने अधिकांश सभासदहरुले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न तथा विकासलाई तीव्र तुल्याउन हिमाल, पहाड र तराई जोडेरमात्र सङ्घीय प्रदेश निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै कतिपय सभासदहरुले कैलाली घटनालाई मानवताविरोधी बर्बरतापूर्ण र त्रूmरको सङ्ज्ञा दिँदै लामो समयदेखि राजनीतिक सङ्क्रमणमा रहेको मुलुकलाई छिटो लोकतान्त्रिक संविधान दिएर विकासतर्फ उन्मुख गराउनु पर्नेमा अभिमत प्रकट गर्दै एकआपसमा सद्भाव राख्ने, मेलमिलापको नीति आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो । संविधानसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ ।