शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्रीद्वारा आन्दोलनरत मधेसवादी दल र समितिलाई वार्ताको लागि पुनःआह्वान

काठमाडौ भाद्र १४ , प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेसवादी दल र थारु कल्याणकारी सभा तथा थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिलाई पुनःवार्ताको लागि आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले आन्दोलनरत सङ्घीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई/मधेस सद्भावना पार्टी नेपालका साथै थारु कल्याणकारी सभा तथा थरुहटsusil-koirala-430x300थारुवान संयुक्त सङ्घर्ष समितिका तर्फबाट हिजो पठाइएको पत्रको जवाफमा आज पत्रमार्फत सो आह्वान गर्दै आन्दोलनकारी दलबाट गरिएको मागको सम्बोधन हुन सक्ने सम्भावना समेतलाई विचार गरी अविलम्ब वार्तामा आउन अनुरोध गर्नु भएको छ ।

प्रधानमन्त्री कोइरालाले ती दल तथा सङ्घर्ष समितिलाई पठाउनुभएको पत्रमा सम्बन्धित पक्षबाट उठाइएका विगतका सम्झौता तथा सहमतिलाई कार्यान्वयन गर्ने विषयलाई सरकारले यसअघि गरेका निर्णय र प्रस्तावित संविधानको विधेयकमा समेटिएका विषयलाई एकीकृत गरी वार्तामा बसेर छलफल गर्न सकिने उल्लेख गर्नु भएको बुझिएको छ ।

यसैवीच प्रधानमन्त्री कोइरालाले थारु कल्याणकारी सभा तथा थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिलाई यस अघि पठाएको पत्रको जवाफमा थारु कल्याणकारी सभा तथा थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले संयुक्त सङ्घर्ष समितिले चार दलको उपस्थितिमा वार्ता होस् भनी राखेको मागप्रति चार दलका शीर्ष नेताको सहभागिता र सहमतिमा नै छलफल र वार्ताको प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै वार्ताको लागि आइतवार पुनः अर्को पत्र पठाउँनु भएको हो ।