काठमाडौ भाद्र ७. विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री सुशील कोइरालाले चार विश्वविद्यालय क्रमस त्रिभुवन विश्वविद्यालयमा प्रा डा तीर्थ खनिया, नेपाल संस्कृत विश्वविद्यालयमा कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई उपकुलपतिमा नियुक्ति गर्नुभएको छ ।
शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले सिफारिस अनुरुप प्रम कोइरालालाई उपकुलपति नियुक्त गर्नु भएको प्रम सचिवालयले जनाएको छ ।