शुक्रबार, चैत्र १६, २०८०

नेपाल र भारतबीच पाइपलाइन विस्तार परियोजनामा हस्ताक्षर

काठमाडौ भाद्र ७, पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल र भारतबीच रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार india-nepal-flag-300x225परियोजना निर्माणसम्बन्धी सम्झौता भएको छ ।  कुल रु चार अर्ब ४० करोड लागतमा निर्माण हुने ४१ किलोमिटर लम्बाइको सो पाइपलाइन परियोजनामा नेपाल र भारत सरकारको संयुक्त लगानी रहने उक्त सम्झौतामा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले एक समारोहबीच हस्ताक्षर गर्नुभएको थियो ।

हस्ताक्षरपछि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले २० वर्षदेखिको सपनाका रुपमा रहेको पाइपलाइन परियोजना आज साकार भएको बताउँदै परियोजना निर्माणले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने जानकारी गराउनुभएको थियो । त्यस्तै भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री प्रधानले गत वर्ष भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका बेला बाचा गरेअनुसार पाइपलाइन निर्माणसम्बन्धी  सम्झौतामा आज हस्ताक्षर भएको  बताउँनु भएको थियो    ।