शनिबार, बैशाख ८, २०८१

हनुमन्ते खोलाले बच्चा बगायो

भक्तपुर भाद्र ७, केहि दिन यतादेखिको अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले आइतवार साँझ १० वर्षीय एक बालकलाई बगाएको छ ।  हनुमन्ते खोला किनारामा खेल्दै गरेको बङ्शगोपालका भानुभक्त शिवाचार्यको१० वर्षका छोरा ईशान शिवाचार्यलाई खोलामा आएको बाढीले बगाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  बालकको व्यापक खोजी गरेपनि हालसम्म नभेटिएको प्रहरीलाई उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ृख गरिएको छ ।