काठमाडौं श्रावण ६, सनराइज बैंकले प्राइम लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा ‘सनराइज सुरक्षित घरकर्जा’ नामको नयाँँ कर्जा योजना बजारमा ल्याएको छ। सो योजनाको बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।
यस सनराइज सुरक्षित घरकर्जा योजनामा ऋणीले १० देखि २० वर्षसम्मको कर्जा अवधि भएको रु। ५ लाखदेखि १ करोडसम्मको घरकर्जा लिन सक्ने छन्। जसमा ऋणिको प्राइम लाइफ इन्स्योरेन्समार्फत सार्वाधिक जीवन बीमा गरिने छ। यस योजनामा कर्जा अवधिपश्चात एकमुष्ट बोनस समेत भुक्तानी गरिने तथा कर्जा तिरिनसक्दै ऋणीको मृत्यु भएमा आश्रित परिवारले बाँकी कर्जा तिर्नुपर्ने छैन। प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले यो योजना निम्न तथा मध्यम वर्गका ग्राहकलाई लक्ष्य गरी ल्याएको र यसले बैंकलाई अझ प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको खवर आजको समाचारपत्र दैनिकमा प्रकाशित रहेको छ ।
साथै पत्रकार सम्मेलनमा बैंकको निक्षेप रु। ३३ अर्ब ३७ करोडभन्दा बढी, कर्जा लगानी रु। २७ अर्ब २५ करोडभन्दा बढी, ग्राहक संख्या २ लाख ५८ हजारभन्दा बढी तथा चुक्ता पुँजी रु। २ अर्ब २३ करोड ६६ लाख रहेको छ। बैंकको हाल शाखाहरूको संख्या ५३ र एटीएमको संख्या ६४ पुगेको छ। जसमध्ये काठमाडौं उपत्यकाभित्र २२ शाखा र उपत्यका बाहिर ३१ शाखा रहेको जानकारी दिईएको थियो । कार्यक्रममा प्राइम लाइफ इन्सोरेन्सका तर्फबाट कृष्णप्र्रसाद लामिछाने र बैंकका सहायक महाप्रबन्धक रविन नेपालले पनि सनराइज सुरक्षित घरकर्जाका विशेषताका बारेमा चर्चा गर्नुभएको थियो।