शुक्रबार, चैत्र १६, २०८०

चुरेभावरद्दारा हिन्दू राष्ट्रको माग गर्दै २४ बुँदे सुझाव प्रस्तुत

काठमाडौं श्रावण ६,  संविधानको प्रारम्भिक मस्यौदामा सुझाव प्रस्तुत गर्ने क्रममा चुरेभावर लोकतान्त्रिकका अध्यक्ष भूमि निरौलाले safe_image-1नागरिक सम्बन्ध तथा सुझाव समितिमा २४ बुँदे सुझाव पेश गरेका छन् । नया बन्ने संविधानमा आफुले  दिएको सुझाव कार्यान्वयन हुनेगरी समावेश गर्न उनले आग्रह गरेका छन् ।
प्रत्येक नागरिकले शिक्षा सम्बन्धित मौलिक हक भएको हुँदा स्नातक तहसम्म निशुल्क शिक्षा व्यवस्था गरी कार्यान्वयन गर्न गराउनु पर्ने व्यवस्था गरियोस ,  सार्वभौमको सम्मान गर्दै धार्मीक स्वतन्त्रता सहितको हिन्दू राष्ट कायम गराउनु पर्ने ,   नागरिकता सम्बन्धि हकमा आमा, बाबु दुबै जनाको परिचय खुल्ने गरी नागरिकतामा नाम उल्लेख हुनु पर्ने ,  थ्रेस होल्डको व्यवस्था खारेज हुनु पर्ने,   नेपालको सबै प्रदेशमा केन्द्र देखि प्रदेश सम्म राज्यका काम काजी भाषा र राष्टको मुख्य भाषा नेपाली नै हुनु पर्ने व्यवस्था कायम होस,   नेपालको मुख्य पोशाकमा दौरा, सुरुवाल टोपी र महिलाको हकमा साडी चोलो कायम हुनु पर्ने व्यवस्था गरियोस ,  राष्टिय जनावर गाईनै कायम  गरिनु पर्ने लगायतका२४ बुँदे  सुझाव पेश गरेको अध्यक्ष निरौलाले बताउँनु भएको छ ।