काठमाडौ आषाढ २९, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा संविधानसभाका सदस्य रञ्जित कर्णमाथि आक्रमण भएको छ । आज बिहान हाँडीगाउँस्थित उहाँकै निवासमा दश बाह्रजना हतियार बोकेका जत्थाले सभासद् कर्णमाथि आक्रमण तथा अभद्र व्यवहार गरेका हुन् । कर्ण सामान्य घाइते हुनुभएको छ । सो घटनाको बारेमा अध्यक्ष कर्णले आज पत्रकार सम्मेलन गरी आफ्नै सङ्गठनका केही व्यक्तिहरूले सङ्गठनको बदनाम गराउन यस्तो घटना घटाएकोे आशङ्का गर्दै दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभयो । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले सभासद् कर्णमाथि भएको घटना जति निन्दा गरे पनि कम हुने भन्दै अपराधीको खोजी गरी आवश्यक दण्डको व्यवस्था गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।
नेवि सङ्घका अध्यक्ष कर्णमाथि आक्रमण
July 14, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np