बुधबार, बैशाख १२, २०८१

टेलिभिजन कलाकर्मी मञ्चद्दारा टेलिभिजनकर्मी चटौत सम्मानित

काठमाडौं आषाढ २८, टेलिभिजन कलाकर्मी मञ्च नेपाल (ट्याफोन)द्दारा आईतवार साँझ राष्ट्रिय टेलिभिजन सम्मान कार्यक्रम २०७२ बाट विभिन्न व्यक्तिव्तहरुलाई सम्मानीत गरेको छ । मनोरञ्जनको दुनियाँमा सानोपर्दा अर्थात टेलिभिजनको क्षेत्रमा बिशेष योगदान पुर्याएका कलाकर्मिहरुलाई Aarati-chatautसम्मानित राजधानीको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले सम्मान गर्नु भएको हो ।
त्यस क्रममा सञ्चारमन्त्री डा.रिजालले राष्ट्रिय टेलिभिजन सम्मान २०७२ द्वारा नेपाल टेलिभिजन अध्यक्ष वरिष्ठ कलाकार नीर शाहलाई लाइफ टाइम अचिभमेन्ट सम्मान र नेपाल टेलिभिजनका कार्यक्रममा विशेष योगदान पुर्याएको भन्दै टेलिभिजनकर्मी  एवम् कार्यक्रम निर्माता आरती चटौत ,ग्रिष्माराज भण्डारी लगायतलाई पनि सम्मानित गरियो थियो ।
त्यस्तै बरिष्ठ सञ्चारकर्मी बिशेष सम्मानबाट दुर्गानाथ शर्मा, ईमेज च्यानलका अध्यक्ष आर के मानन्धर तथा कान्तिपुर टेलिभिजनका भुषण दहाललाई सम्मानित गरीएको थियो ।कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम र हाँस्य व्यंग्यको समेत प्रस्तुति गरिएको थियो ।