शनिबार, बैशाख ८, २०८१

आदिकवि भानुभक्तको शालिकको शिलान्यास

काठमाडौं आषाढ २९, २०१ औं भानु जयन्तीका अवसरमा राष्ट्रकवि माधव घिमिरेले राजधानीको शान्तिनगरस्थित बानेश्वर क्याम्पस प्रांगनमा आदिकवि भानुभक्त आचार्यको शालिकको शिलान्यास गर्नु भएको छ ।
भानु जयन्तीका अवसरमा क्याम्पस परिसरमा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेले शिलान्या गर्नुभएको हो । सो अवसरमा उहाँले क्याम्पस परिसरमा भानुभक्तको शालिकले विद्यार्थीलाई सृजनात्मक बन्न र साहित्य संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्ने बताउनुभयो । आदिकवि भानुभक्तको अर्धकदको शालिक निर्माण गरिने क्याम्पस प्रमुख रमेश कोइरालाले जानकारी दिनुभयो । भानुभक्तको शालिकको निर्माणलगायतका कार्य पुरा गरी दुई महिनाभित्र शालिक निर्माण कार्य सकिने उहाँले जानकारी दिनुभयो ।

 कार्यक्रममा राष्ट्रकवि घिमिरेले ‘भानुभक्त नभएको भए मोतीराम भट्ट अथवा कविशिरोमणि लेखनाथ पनि हुने थिएनन् भन्नुभयो । भानुभक्तलाई शङ्का गर्नु नेपाली भाषालाई शङ्का गर्नु हो भन्दै अन्य भाषा सिक्दै गर्दा नेपाली भाषालाई नबिर्सन आग्रह गर्नुभएको थियो   । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले नेपाली साहित्यलाई जीवन्त राख्नका लागि योगदान पु-याउने व्यक्तिहरूलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ