मङ्लबार, बैशाख २५, २०८१

संविधानमा ‘लोकतान्त्रिक समाजवाद’ शब्द राख्न  केन्द्रीय सदस्य तथा सभासदको माग

काठमाडौ आषाढ १८, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासदहरुले संविधानमा ‘लोकतान्त्रिक समाजवाद’ भन्ने शब्द राख्न माग गरेका छन् ।images प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस केन्द्रीय सदस्य तथा सभासदहरुको संयुक्त बैठकले आगामी संविधानलाई लोकतान्त्रिक बनाउन लोकतान्त्रिक समाजवाद शब्द राख्नुपर्ने माग गरेका हो ।
संविधानको मस्यौदामाथि छलफल गर्न गरेको बैठकमा उनीहरुले संविधानको मस्यौदामा लेखिएको धर्म निरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता राख्न पनि नेतृत्वलाई सुझाव दिएका छन् । त्यस्तै मुलुकमा धार्मिक सद्भाव कायम बनाईराख्न सबै धर्मावलम्बीलाई मान्य हुने शब्द राख्नु पर्नेमा पनि बैठकमा बोल्ने सभासदहरुले जोड दिएका छन ।

केन्द्रीय सदस्य तथा सभासदहरुले आगामी संविधानमा स्वतन्त्र अदालतको मान्यतालाई स्थापित गर्ने किसिमको व्यवस्था गर्नसमेत सुझाव दिएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्य तथा सभासदहरुले संविधानको मस्यौदाका विषयमा संविधानसभामा छलफल गर्दा पार्टीको आधिकारिक धारणाका विषयमा मात्र बोल्नुपर्ने सुझाव दिएका छन् ।आजको बैठकमा १७ जनाले आ–आफ्नो विचार राखेका थिए । बैठक शनिबार पनि चल्ने कांग्रेसले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु