काठमाडौ आषाढ १६, नेपाली काँग्रेस संसदीय दलको आजको बैठकमा पार्टीका महामन्त्री एवम् विधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानमा समावेश भएका विषय वस्तुका बारेमा सभासद् र केन्द्रीय सदस्यहरूलाई जानकारी गराउनुभयो ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा साँझ बसेको संसदीय दलको बैठकको अध्यक्षता पार्टी उपसभापति रामचन्द्र पौडेलले गर्नुभएको थियो । बैठकमा उपसभापति पौडेल र समिति सभापति सिटौलाले संविधानमा समावेश भएका विषय वस्तुहरूका बारेमा जानकारी गराउनु भएको थियो ।