बुधबार, बैशाख २६, २०८१

शब्दावली विवादका कारण हात्ती छिर्रयो पुच्छर अड्क्यो

संविधानसभामा मस्यौदा आज पेस हुने दलहरुको दावी

काठमाडौ आषाढ १५, आइतबार राति मस्यौदा समितिले पारित गरेको संविधान मस्यौदा प्रतिवेदनमा उल्लेखित शब्दावलीलाई लिएर प्रमुख दलबीच विवाद बढेपछि संविधान मस्यौदा समितिले मस्यौदा सभाध्यक्ष सुवास नेम्वाङलाई बिहान ११ बजे बुझाउने भनिए पनि ३ बजेका लागि तय भएको संविधानसभाको बैठक मस्यौदा प्राप्त नभएपछि दिनभर बस्न सकेन । त्यसपछि मस्यौदामा बाँकी रहेका केही विषयमा सहमति हुन नसकेको भन्दै पुनः सोमवार साँझ ७ बजेका लागि Nepalअर्को संविधानसभाको बैठक बोलाईएको थियो । यसवीचमा पनि शब्दावली विवादमा दलहरुवीच कुनै सहमति नसकेपछि संविधान मस्यौदा प्रतिवेदन प्रस्तुत सकेनन ।

संविधान मस्यौदा प्रतिवेदनमा बहुलवाद, धार्मिक स्वतन्त्रता कि धर्मनिरपेक्षता, नागरिकता, पिछडिएका र सीमान्तकृत वर्गका विशेष संरचनालगायत विषयमा एमाओवादी र मधेसकेन्द्रित दलका सभासद्ले असहमति प्रकट गरेपछि संविधानसभाको बैठकमा संविधान मस्यौदा प्रतिवेदन प्रस्तुत हुँन नसकेको हो ।
यसैवीच यसअघि एमाओवादीको नेतृत्वको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको भावना विपरीतभएको भन्दै संविधानको मस्यौदा गरिएकोमा आपत्ती प्रकट गरेको थिो भने राप्रपा नेपालले पनि हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्रलगायत विषयमा आफूहरूलाई मत विभाजन गर्न नदिए संविधानसभामा अवरोध गर्ने निर्णय गरेको थियो ।

यद्यपी संविधानसभा सविचवालयले राति ९ बजेका लागि बैठक बोलाए पनि बैठक कुनै निर्णयमा पुग्न सकेनन र अन्तत मस्यौदा टेबल हुन नसकेपछि मध्यराति पौने १ बजे बसेको बैठकले पूर्वमन्त्री पद्मसुन्दर लावतीप्रति शोक प्रस्ताव पारित गरेर मंलवार दिउँसो २ बजे बस्ने गरि बैठक स्थगन गरिएको थियो ।

यसैवीच नयाँ संविधानको एकीकृत मस्यौदा संविधानसभामा आज पेस हुने पेश हुने दलहरुले दावी गरेका छन् । प्रमुख दलहरू शब्दालवी –विवादमा अल्झिएको मस्यौदा प्रतिवेदन संविधानसभाको आज दिउँसो २ बजे बोलाइएको बैठकमा पेश गर्ने संसद सचिवालयले जनाएको छ । कांग्रेसका नेता पूर्ण बहादुर खड्काले आज भाषिक परिमार्जन गरी मस्यौदालाई अन्तिम रूप दिने बताउनुभयो । मौलिक अधिकार, नागरिकता, अदालतको संरचना, स्थानीय महत्त्वपूर्ण विषयमा विवाद देखिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031