बिहिबार, बैशाख १३, २०८१

जोखिममा परेका वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

काठमाडौ आषाढ १५, भूकम्पको कारण पहिरोको उच्च जोखिममा परेका वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भएको छ । आज बस्ने मन्त्रिपरिषदको cabinetबैठकले त्यसको ठाउँ पहिचान गरि बस्ति सार्ने विषयमा निणर्य गर्ने भएको छ । मन्त्रिपरिषदको बैठक अहिले बिहान साढे ८ बजे बोलाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा १८ जिल्लाका बस्ती र सार्ने ठाउँको निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले मन्त्रिपरिषद बैठकमा भूकम्पपछिको अवस्था, विस्ति सार्ने तयारीका विषयमा कुराकानी हुने बताउनुभयो । खानी तथा भूगर्भ विभागका साथै सभासद र जिल्ला प्रशासन कार्यालयको सुझावका आधारमा सहरी विकास मन्त्रालयले जोखिम बस्ती स्थानान्तरण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो  ।