सोमवार, बैशाख २४, २०८१

सहमतिका लागि वार्तालाई जारी राख्दै प्रक्रियाबाट संविधान लेखन कार्य अघि बढाईने

 प्रमुख सत्तारुढ दलवीचको बैठक: 

काठमाडौ चैत्र २१,  चैत्र २३ को मिति अर्थात संविधानसभाको बैठक नगिचिदै गर्दा संविधान निर्माणको सवाललाई लिएर प्रमुख सत्तारुढदल एवम् सत्ताघटक सानादलहरुवीच आज साँझ प्रधानमन्त्रीनिवास वालुवटारमा बसेको विशेष बैठकले सहमतिका लागि वार्ता र संवादलाई जारी राख्दै प्रक्रियाबाट NCUML_20150206113835संविधान लेखन कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशील कोइराला, संसदीय मामिला मन्त्री नरहरि आचार्य, वन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडू,  एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, सचेतक अग्नि खरेल, राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा, नेता बोहरा, नेकपा (माले)का महासचिव सिपी मैनाली, परिवार दलका अध्यक्ष एकनाथ ढकाल लगायत स्वतन्त्र सभासद्हरूको समेत उपस्थिति रहेको आजको बैठकमा प्रमुख दलकानेताहरुले वार्तार सहमतिको लागि सदैव तयार रहेको भएपनि एमाओवादी नेतृत्वको वीपक्षी गठबन्धनले यो वा त्यो बहानामा सहमतिको वातावरण बन्न नदिएको अवस्थाको समेत समिक्षा गरिएको बुझिएको छ ।

त्यस्तै नेताहरुले अव पनि सहमतिको नाममा सहमति खोज्दै समय गुर्जानु भन्दा पनि सहमतिका लागि वार्ता र संवादलाई जारी राख्दै प्रक्रियाबाट संविधान लेखन कार्यलाई अघि बढाउँनु उत्तम विकल्प भएको ठहर गरेको हो।

संविधान निर्माणका लागि दलहरुवीच पछिल्लो समय सहमतिका लगि प्रयास भएपनि त्यस्ते कुनै उपलब्धि हाँसिल हुन नसको भन्दै संविधानसभाध्यक्ष सुवास नेम्वाङले चैत २३ सोमवार लागि संविधानसभाको बैठक बोलाइसक्नुभएको छ ।