काठमाडौ चैत्र ३, चैते दसैँका दिन देखि काठमाडौं मनाईने सेतो मच्छिन्द्रनाथको जात्रालाई व्यवस्थित बनाउन नीलकाजी शाक्यको संयोजकत्वमा ४३ सदस्यीय जात्रा व्यवस्थापन समिति गठन गरिएको छ । सहकाल तथा वर्षाका देवता सेतो मच्छिन्द्रनाथको जात्राको क्रममा जनबहालस्थित मन्दिरबाट मूर्तिलाई तीनधारा पाठशालाअगाडि रथारोहण गराई भित्री सहरको परिक्रमा गराइगरिन्छ ।
त्यसपछि जमल इन्द्रचोक, हनुमानढोका, जैसीदेवल हुँदै लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा विधिविधानसहित दर्शन गराएर पुनः जनबहालमा मूर्ति लगिन्छ