बिहिबार, बैशाख १३, २०८१

बाह्रघण्टे सेवालाई पुनरावलोकन गरिने :प्रवक्ता अधिकारी

IMG_20150316_163818काठमाडौ चैत्त २,  सूचना विभाग द्दारा सञ्चार मन्त्रालयमा आज आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा क्रमस सामान्य प्रशासन मन्त्रालय, महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय ,युवा तथ खेलकुद मन्त्रालय, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सह प्रवक्ताहरुले आ आफ्नो मन्त्रालय र मातहतका निकायबाछ भएका कार्य सम्पादनको फहरिस्त प्रस्तुत गरेका छन ।

यसैक्रममा पत्रकारहरुले उठाइएका प्रश्नको जवाफ दिदै सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सरकारले सेवाग्राहीको सुविधाकालागि भन्दै सरकारले गत पौष देखि सुरु गरेको बाह्रघण्टे सेवा आफैमा प्रभावकारी हुन नसकेको र बाह्रघण्टे सेवाका विषयमा सेवाग्राही एवम् कर्मचारीहरुबाटा थुप्रै गुनासा आएको स्विकारोक्ति सहित प्रस्तुत सेवालाई पुनरावलोकन गर्ने तयारी गरिएको जानकारी दिनुभएको छ ।

त्यस्तै गरि शिक्षा मन्त्रालयका सहप्रवक्ता रस्वती पोखरेलले जनक शिक्षा सामाग्री केन्द्रका महाप्रन्धकको स्वच्छेचारी प्रवृति विरुद्ध भन्दै दिएको सामुहिक राजीनामा प्रकरणमा के गर्ने भन्ने सवालमा छलफल हुँदै गरेको जानकारी दिदै शिक्षक सेवा आयोग नियामावली मन्त्री परिषदबाट पारित भईसकेको जानकारी दिदै अव देखि स्नातक तह पास गरेका व्यक्तिले तालिम विना पनि माध्यामिक तहको अध्यापन अनुमतिको परीक्षामा  उम्मेदवार  हुँन पाउँने जानकारी दिनुभएको छ ।

त्यस्तै गरि महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता नारायण काफ्ले र युवा तथ खेलकुद मन्त्रालय र अख्तियारका सह प्रवक्ताद्दय क्रमस महेश्वर शर्मा र केशव घिमिरले पनि सञ्चारकर्मीहरुको विज्ञासाको सम्बोधन गर्नु भएको थियो ।