मङ्लबार, बैशाख ४, २०८१

संविधानको लागि युवा दवाव आवश्यक : नेता केसी

काठमाडौं चैत्र ३,  नेपाल टार स्थित ग्रामीण आदर्श वहुमुखी क्याम्पसद्दारा नवआगन्तुक विद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बाधन गर्दै नेपाली tbb_2630कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्र निर्माणका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउँनु भएको छ। सम्मान कार्यक्रमको उद्घाटन गर्दै नेता केसीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।  त्यस्तै सम्बोधनको क्रममा उहाँले संविधान निर्माण कार्यलाई अव ढिलाई गर्न नहुने वताउदै संविधानको लागि युवा दवाव आवश्यक रहेको पक्षमा विशेष जोड दिनुभएको छ ।

कार्यक्रममा सभासद एवम नुवाकोट काँग्रेसका सभापति जगदिश्वरनरसिह केसी लगायताका वक्ताहरुले युवाका संविधानका लागि दवाव र देश विकासमा महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।  कार्यक्रममा लोक दोरोरिका कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।