बिहिबार, बैशाख २०, २०८१

विवादित विषयमा सहमति बनाउँन् आज प्रम कोइराला र प्रचण्डवीच छलफल हुँदै

images (1)काठमाडौं चैत्र १, संविधान निर्माणका सवालमा सहमति बनाउँन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको चारदलको बैठकमा दलहरुवीच सहमति बन्न नसकपछि दुई शीर्ष नेतालाई सहमतिको जिम्मा दिए अनुरुप प्रधानमन्त्री सुशील कोइराला र विपक्षी मोर्चाका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वार्ता हुने भएको छ ।
सत्तारुढदलको तर्फबाट प्रधानमन्त्री सुशील कोइराला विपक्षी मोर्चाका तर्फबाट संयोजकको भूमिका सहित एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिईएको यो जिम्ेवारी अनरुप प्रधानमन्त्री निवास बालुवाटारमा आज हुँने दुई नेताबीचको छलफल पछि फेरि सयुक्त बैठक बसि सहमति गरिने बुझिएको छ ।