मङ्लबार, अशोज १६, २०८०

विवादित विषयमा सहमति बनाउँने जिम्मा प्रम कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डलाइ

काठमाडौं फागुन ३० , संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि निर्णायक वार्ता भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रमुख तीन दल र मधेसी create_thumbdhaallमोर्चावीचको बैठकमा दलहरु आ–आफ्नो अडानबाट लचिलो नभएपछि सहमति बन्न नसकेपछि बैठकले विवादित विषयमा सहमति बनाउँने जिम्मा प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्ड लाई दिएको छ । त्यस्तै विवादित विषयमा सत्तारुढ दलका तर्फबाट प्रधानमन्त्री कोइराला र तीस दलीय विपक्षी मोर्चाका संयोजक दाहालबीच संविसहमति बनाउँन उहाँहरुवीच आईतवार अर्को वार्त हुँनेभएको छ ।

प्रमुख चार दलको आजको वार्तामा पनि सहमति जुट्न नसकेपछि सहमतिकै आधारमा संविधान निर्माण गर्ने वातावरण तयार पार्न प्रधानमन्त्री कोइरालाले नै द्विपक्षीय वार्ताको प्रस्ताव गर्नुभएकाले सोहीअनुसार अगाडि बढ्ने निर्णय आजको बैठकले गरेको वार्तामा सहभागी नेताहरुले जानकारी दिएका छन ।

बैठकमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावल, नेता माधवकुमार नेपाल, एमाओवादीका महासचिव कृष्णबहादुर महरा र मधेसवादी दलका शीर्ष नेताको सहभागिता थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728