बुधबार, बैशाख २६, २०८१

घाँटी रेट्ने नकाबधारीलाई जिउँदै पक्रन हेन्सका श्रीमतीले गरे अपील

एजेन्सी फाल्गुन १५ इस्लामिक आतिवादी संगठन ‘आइएस’द्धारा हत्या गरिएका डेभिड हेन्सका पत्नीले हालै पहिचान भएका आइएसका नकाबधारीलाई जिउँदै पक्रन is-final-final1बेलायत सरकारसँग अपील गरेकी छन् । आफ्नो नियन्त्रणमा रहेका व्यक्तिको घाँटी रेटेर हत्या गर्दा मुकुन्डो लगाएर उभिएको देखाइएका व्यक्तिको पहिचानलगत्तै हेन्सका श्रीमतीले ‘क्रूर कर्तुत’ गर्ने व्यक्तिलाई पक्राउ गरी कठघरामा उभ्याएमात्रै हेन्सको आत्मालाई शान्ति मिल्ने भन्दै उनलाई पक्राउ गर्न अपील गरेकी हुन् ।

हेन्सका बहिनीले आफ्नो दाजुको शीर छेदन गरी हत्या गर्ने उक्त व्यक्तिको आँखामा गोली हान्नुपर्ने प्रतिक्रिया दिँदै आफ्नो आँखा अगाडि अदालतमा उभ्याएको दृष्य हेर्न पाएमात्र आफ्नो दाजुको मृत्युमा चित्त बुझाउने ठाउँ रहने बताएकी छन् ।  यसअघि आइएसको कब्जामा रहेका अमेरिकी पत्रकार जेम्स फोलेको हत्याको भिडियो सार्वजनिक गर्दा देखा परेका नकाबधारी युवक बेलायती नागरिक रहेको खुलासा भएको थियो ।

असली नाम मोहमद इम्वाजी रहेका उनलाई आइएसले ‘जिहादी जोन’ नाम दिएको थियो । विभिन्न व्यक्तिको हत्याअघि उनले बेलायती लवजमा पश्चिमाहरुलाई धम्की दिने गरेका थिए । कम्प्युटर प्रोगामिङको अध्ययन गरेका उनी सन् २०१२ तिर सिरिया गएपछि आइएसमा आबद्ध भएका उनको पहिचानलगत्तै आइएसद्धारा हत्या गरिएकाको परिवारजनले उनलाई अदालतमा उभ्याएको हेर्ने चाहना रहेको प्रतिक्रिया दिएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031