बिहिबार, बैशाख १३, २०८१

मुख्यमन्त्री केजरीवाल सहित ६ जना मन्त्रीले लिए सपथ,५ वर्षभित्र दिल्लीलाई भ्रष्टाचारमुक्त राज्य बनाउने प्रतिवद्धता

एजेन्सी  फागुन २,   दिल्ली विधानसभाको  निर्वाचनमा अप्रत्याशित   रुपमा सफलता पाएको आम आदमी पार्टीका नेता अरबिन्द केजरीवाल सहित उनको ६ जना मन्त्रीले arvind- -jantamantar_295x200_41386781816आज दिल्लीको रामलिला मैदानमा हजारौ दिल्लीवासी जनताको उपस्थितिमा मुख्यमन्त्री पदको सपथ लिएका छन् । यसअघि पनि ४९ दिन सरकार चलाएर राजीनामा दिएकै दिन उनले सपथ लिएका हुन् ।

त्यस्तै सपथ ग्रहण समारोहमा बोल्दै केजरीवालले ५ वर्षभित्र  दिल्लीलाई भ्रष्टाचारमुक्त राज्य बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । साथै लोकपाल विधेयक पनि छिट्टै पारित गरिने बताउँदै अहांकरकै कारण कांग्रेस र बिजेपीले हार व्यहोरिएको  भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ।